काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अनेकौं पटक सार्वजनिक सूचना जारी गरि विद्युतीय संरचना प्रयोग गर्ने टेलिफोन, इन्टरनेट प्रदायक संस्था, केवल टिभी सेवा सञ्चालकलाई नियमअनुसार सम्झौता गर्न आग्रह गरिरहेको छ। पोल प्रयोग गरेबापत बाँकी भाडा (बक्यौता) तिर्नसमेत निर्देशन दिएको छ।प्राधिकरणले यही फागुन २३ गते पनि सूचना जारी गरि तत्काल भाडा तिर्न, नवीकरण र स्वीकृति नलिएकालाई स्वीकृति लिन र नतिरे/स्वीकृति नलिए सबै तार हटाउने चेतावनीसमेत दिएको छ। तर पनि ती सेवा प्रदायक कम्पनीले अटेर गर्दै आएका