प्राविधिक जाँचपछि बिजुलीका पोल सार्न पाइने

नेपाल विद्युत प्राधिकरणले प्राविधिक जाँचपछि उपयुक्त देखिए मात्र पोल सार्न पाइने व्यवस्था गरेको छ ।प्राधिकरणले बनाएको ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मा प्राविधिक जाँचपछि उपयुक्त देखिएमा मात्र सार्ने व्यवस्था गरिएको हो । योसँगै ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना तार, पोल, ट्रान्सफर्मरलगायत सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । […]