पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग […]

सम्बन्धित सामग्री

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ।...

पोल भाडा बक्यौता भुक्तानी गर्न विद्युत् प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टीभि सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो । पोलभाडा बक्यौता रकम भुक्तानीका लागि वैशाख मसान्तसम्मको समय तोकिएको […]

१४ ओटा इन्टरनेट सेवा प्रदायकले तिरे १ करोड ४० लाख पोल भाडा

वैशाख २, चितवन  । विजुलीको पोल भाडा बापत भरतपुरका १४ ओटा इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थाले भाडा तिरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हालसम्म १४ ओटा सेवा प्रदायकले १ करोड ३५ लाख ३९ हजार ९७३ रुपैयाँ भाडा तिरिसकेका छन् । अझै पनि करीब ८० लाख रुपैयाँ बक्यौता रहेको केन्द्रका इञ्जिनीयर राजेन्द्रले पौडेलले जानकारी दिए । उनका अनुसार अझै तीन आटा सेवा प्रदायकले पोल भाडा तिर्न बाँकी रहेको छ । भायानेट, क्लासिक टेक  र सिम टिभीले  पोल भाडा तिर्न अटेरी गर्दै आएका छन् ।

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता

काठमाडौं, चैत ८ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, […]

इन्टरनेट सेवा प्रदायकले तिर्न थाले पोल भाडा

चितवन । चितवनमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरूले पोल भाडाबापत नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ तिरेका छन् । कार्यालयका अनुसार १४ ओटा सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुत् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीले भदौपछि उक्त रकम तिरेको जानकारी दिए । पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केबल रहेको छ । उक्त कम्पनीले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ । यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्युनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ  र ब्रोडलिंकले १ लाख १ हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन् । अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरूमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ,  डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माइन्ड्स कम्युनिकेशन्सले २० लाख रुपैयाँ र एजिएटा एनसेलले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले  जानकारी दिए । यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन् । तीमध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैयाँ र अर्काले ४ लाख १७ हजार ५४० रुपैयाँ पोल भाडा बुझाएका छन् । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सीधै रकम जम्मा गरेकाले नाम नखुलेको उनले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले बताएको छ । लामो समयपछि पनि आईएसपीहरूले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरूको इन्टरनेट सेवाका उपकरण जफत गर्नुका साथै तार काटिदिएको थियो ।

तार काटिदिएपछि आईएसपीले तिर्न धाले विद्युत् प्राधिकरणलाई पोल भाडा

पुस २१, चितवन । चितवनमा सेवा दिइरहेका ईन्टरनेट सेवा प्रदायक कम्पनी(आईएसपी) हरुले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ पोल प्रयोग गरेको भाडा तिरेका छन ।  कार्यालयका अनुसार १४ ओटा ती सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुन् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीहरुले भदौ पछि उक्त रकम तिरेको जानकारी दिए ।  पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केवल रहेको छ । उक्त केवलले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ ।  यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्यूनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ  र ब्रोडलिंकले १ लाख १हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन ।  अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरुमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ,  डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माईन्डस कम्युनिकेशसनले २० लाख रुपैयाँ र एक्जिएटा एनसेल कम्पनीले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले  जानकारी दिए ।  यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन । ती मध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैंया र अर्को स्वघोषणा गरी बुझाउने कम्पनीले ४ लाख १७ हजार ५४० रुपैंया पोल भाडा बुझाएका छन । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सिधै रकम जम्मा गरेकोले नाम नखुलेको उनले बताए ।  अन्य बक्यौता  ताकेता गरेसँगै आउने क्रम रहेको र सम्झौता अनुसारनै पोल भाडा तिरिएको पौडेलले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बांँकी रहेको कार्यालयले बताएको छ ।  लामोसमयपछि पनि आईएसपीहरुले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरुको इन्टरनेट सेवाका उपकरणहरु जफत गर्ने  र तार काटिदिएको थियो ।

पोल भाडा नउठेपछि फेरि कडा कदम चाल्ने तयारीमा प्राधिकरण

५ मंसिर, काठमाडौं । पूर्वसहमतिअनुसार कात्तिकभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पोल भाडा सम्झौता गरेनन् । आपसी छलफलबाट टुंग्याउने सहमति भएपनि बक्यौता नतिर्ने सेवा प्रदायकको लाइन काट्न रोकेको नेपाल विद्युत् प्राधिकरणले फेरि कडा कदम चाल्ने तयारी गरेको छ । असोज १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा भएको सेवा […]

नयाँ सहमतिपछि पनि उठेन पोल भाडा बक्यौता

१६ कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले फेरि पोल भाडा सम्झौता गर्न आनाकानी गरेका छन् । आपसी छलफलबाट टुंग्यायाउने गरी अझै पनि धेरै सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौता गर्न नआएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । असोज १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा भएको सेवा प्रदायकसहित […]

कात्तिकभित्र पोल भाडा सम्झौता गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज बिहीवार सूचना प्रकाशन गरेर नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीलाई गएको असोज १५ गतेसम्मको समय दिएको थियो । प्राधिकरणले दिएको समयमा सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गएकाे असोज १७ गते काठमाण्डाै उपत्यकालगायतका जिल्लामा इन्टरनेटको तार का...