शिवम् सिमेन्टको सर्वाधिक रू. ४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

चैत ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ धितोपत्रमध्ये शिवम् सिमेन्टको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९८९ दशमलव ५० मा कारोबार भइरहेको छ ।यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ०६ अंक बढेर २ हजार ३९४ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू.७४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको  छ।   

सम्बन्धित सामग्री

असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार

काठमाडौं । असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार असारमा शिवम् सिमेन्टको ४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।  असारमा ८० अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस आधारमा असारको कुल कारोबारमा शिवम् सिमेन्टको हिस्सा करीब ६ प्रतिशत छ । असारमा सर्वाधिक रकमको कारोबार हुने कम्पनीहरूमा शिवम् सिमेन्टसँगै दोस्रोमा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानीकोष, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स छन् ।  सोल्टी होटलको असारमा मात्र ३ अर्ब ६६ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी, हिमालयन डिष्टिलरीको २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी, नागरिक लगानीकोषको १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी, नेपाल दुरसञ्चार कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी र एशियन लाइफ इन्स्योरेन्सको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।  सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेन्टको शेयर मूल्य जेठ मसान्तसम्मको तुलनामा प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसाले बढेको छ । जेठ मसान्तसम्म ५३८ रुपैयाँ ६० पैसा रहेको शिवम् सिमेन्टको शेयर मूल्य असार मसान्तसम्म भने ६५१ रुपैयाँ ५० पैसा कायम भएको थियो । पछिल्लो कारोबार दिन भने शिवम् सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा कायम छ । कुन कम्पनीको कारोबार कति ?

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्गसले पनि आईपिओ ल्याउने

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रा.लि.ले कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।नेपालमा स्थापित सिमेन्ट उद्योगहरु मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पव्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रा. लि. लाई पब्लिक लिमिटेडमा पारित गरी शिवम् होल्डिङ्गस लिमिटेड कायम भई लगानी गर्ने उद्येश्य रहेको पव्लिक लिमिटेड कम्पनीको हैसियतले कारोवार संचालन गर्न कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति समेत प्राप्त गरिसकेको छ ।शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्व रहेको छ भने शिवम् होल्डिङ्गसले नेपाल कै सबै भन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनीया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रा.लि. को सस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनीया हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत शेयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मे. टन. क्लिङकर र सिमेन्ट विगत ३ बर्ष देखि उत्पादन तथा विक्री वितरण गरी रहेको छ । दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मे. टन. उत्पादन गर्ने र दैनिक २०,००० मे.टन. चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पु¥याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि.मि. लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । उक्त कम्पनीले गत आ.व. २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत वोनस शेयर समेत वितरण गरिसकेको छ ।साथै शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीले आफ्नो चुक्ता पूँजीको अधिकाँश रकम होङशी शिवम् सिमेन्ट प्रा.लि. को उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मूनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरु भई सकेको यस कम्पनीले संस्थापक समूह तर्फ ८० प्रतिशत रहेको छ भने निकट भविष्यमा धितोपत्र वोर्ड समेतको स्वीकृतिमा निकट भविष्यमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरि थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको छ । शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत अर्थात रु. ३ अर्व ४० करोड १० लाख ४२ हजार रुपैयाको शेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरुको करिव १५ प्रतिशत अर्थात रु. ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर रकम लगानी गरेका छन ।यस शिवम् होल्डिङ्गस लिमिटेडले प्रत्यक्ष रुपमा शेयर लगानी रहेको होङशी शिवम् सिमेन्ट प्रा.लि. मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिव १२ मेघा वाट विद्युत उत्पादन गरी आफै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो भने दोस्रो लाईनबाट उत्पादन शुरु भएपछि प्रति दिन १२००० मे. टन. क्लिङकर तथा सिमेन्ट उत्पादन हुने छ । हाल नेपाल विद्युत प्राधिकरणबाट होङशी शिवम सिमेन्ट उद्योगलाई २५ मेघावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ । उक्त उद्योगको कारण हाल नेपालमा सिमेन्ट र क्लिङकर उत्पादनमा आत्मानिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ । त्यसै गरी शिवम् सिमेन्ट्स लिमिटेड, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट NS - Quality Award प्रथम पुरस्कार प्राप्त गर्ने नेपाल कै एक अग्रणी उच्च गुणस्तरको शिवम् ब्राण्डको असली ओ.पि.सि. सिमेन्ट उत्पादन गरी विक्री वितरण गर्ने सिमेन्टका रुपमा आम उपभोक्ता वर्गले सर्वाधिक रुपमा खोजी गर्ने र रोजाईको सिमेन्ट रहेको छ ।

२.१० % बढेर २६२०.८२ विन्दुमा नेप्से, शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री

फागुन २९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको डेढ घण्टाको अवधिमा नेप्से परिसूचक २ दशमलव १० प्रतिशत अर्थात् ५३ दशमलव ९३ अंक बढेर २ हजार ६२० दशमलव ८२ विन्दुमा पुगेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ ओटा धितोपत्रको कुल रू. १ अर्ब ९३ करोड बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका  ती धितोपत्रमध्ये सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । उक्त अवधिमा कम्पनीको रू. २४ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  त्यसैगरी कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा बढी विन नेपाल लघुवित्तको शेयरमूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भएर रू. १ हजार ४८४ मा पुगेको छ ।

शिवम् सिमेन्टको  सर्वाधिक रू. ४ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री

फागुन  २३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा शिवम् सिमेन्टको  सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिमा कम्पनीको रू. ४ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११० मा कारोबार भइरहेको छ ।  यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू.२५ ले वृद्धि भएको हो ।  कम्पनीको आइतवारदेखि लकिङ पिरियड सकिएको छ । लकिङ पिरियड सकिएसँगै ठूलो मात्रामा शेयर दोस्रो बजारमा थपिएको छ । सोही कारण कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यसैगरी यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ४३ अंक बढेर २ हजार ५५२ दशमलव ८२ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू. ५३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री

फागुन  २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको रू. ६ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १४४ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११ दशलमव ६४ अंक बढेर २ हजार ५५८ दशलमव ६९ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब २८ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीले  स्थानीयका लागि जारी गरेको शेयरको आइतवारदेखि लकिङ पिरियड सकिएको छ। लकिङ पिरियड सकिएसँगै सबै शेयर सर्वसाधारणमा परिणत भएको छ। जसका कारण पनि यो दिन कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

आइतवारदेखि कारोबार योग्य बन्यो शिवम् सिमेन्टको स्थानीयको शेयर

फागुन २२, काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा रहेन व्यवस्था पुरा गरी आइतवारदेखि शिवम् सिमेन्ट्को स्थानीयतर्फको शेयर समेत सर्वसाधारण सरह कारोबार योग्य बनेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीयलाई प्रिमियम मूल्य सहित प्रतिकित्ता रू. २०० का दरले ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ९४ हजार ६९५ कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर २०७५ साल फागुन २२ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म आयोजना प्रभावित स्थानीयको शेयर लकइन पिरियडमा रहने व्यवस्था रहेको छ । दोस्रो बजारमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत रहेको छ । स्थानीयको शेयर कारोबारयोग्य भएसँगै आइतवार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ । कारोबारको तीन घण्टाको अवधिमा कम्पनीको रू. ११ करोड २० लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले  बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ । यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ ।  सिमेन्टको प्रतिसेयर आम्दानी