चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ । यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ । सिमेन्टको प्रतिसेयर आम्दानी