फागुन २३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिमा कम्पनीको रू. ४ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११० मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू.२५ ले वृद्धि भएको हो । कम्पनीको आइतवारदेखि लकिङ पिरियड सकिएको छ । लकिङ पिरियड सकिएसँगै ठूलो मात्रामा शेयर दोस्रो बजारमा थपिएको छ । सोही कारण कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यसैगरी यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ४३ अंक बढेर २ हजार ५५२ दशमलव ८२ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू. ५३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।