फागुन २९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको डेढ घण्टाको अवधिमा नेप्से परिसूचक २ दशमलव १० प्रतिशत अर्थात् ५३ दशमलव ९३ अंक बढेर २ हजार ६२० दशमलव ८२ विन्दुमा पुगेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ ओटा धितोपत्रको कुल रू. १ अर्ब ९३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्रमध्ये सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । उक्त अवधिमा कम्पनीको रू. २४ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
त्यसैगरी कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा बढी विन नेपाल लघुवित्तको शेयरमूल्य ७ दशमलव ४६ प्रतिशतले वृद्धि भएर रू. १ हजार ४८४ मा पुगेको छ ।