आइतवारदेखि कारोबार योग्य बन्यो शिवम् सिमेन्टको स्थानीयको शेयर

फागुन २२, काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा रहेन व्यवस्था पुरा गरी आइतवारदेखि शिवम् सिमेन्ट्को स्थानीयतर्फको शेयर समेत सर्वसाधारण सरह कारोबार योग्य बनेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीयलाई प्रिमियम मूल्य सहित प्रतिकित्ता रू. २०० का दरले ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ९४ हजार ६९५ कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर २०७५ साल फागुन २२ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म आयोजना प्रभावित स्थानीयको शेयर लकइन पिरियडमा रहने व्यवस्था रहेको छ । दोस्रो बजारमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत रहेको छ । स्थानीयको शेयर कारोबारयोग्य भएसँगै आइतवार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ । कारोबारको तीन घण्टाको अवधिमा कम्पनीको रू. ११ करोड २० लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।

सम्बन्धित सामग्री

आर्थिक वर्ष ०७९/८० मा शिवम् सिमेन्टको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । गत आर्थिक वर्ष ०७९/८० मा शिवम् सिमेन्टको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार कम्पनीको एक आर्थिक वर्षभित्र २० अर्ब ४४ करोड रूपैयाँभन्दा बढीको ३ करोड ५२ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो । यस वर्ष कम्पनीको शेयर कारोबार २३६ दिन भएको जानकारी समेत नेप्सेले दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १०८ रूपैयाँ ५० पैसाले घटेको  । आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्म प्रतिकित्ता ७६० रूपैयाँ रहेको कम्पनीको शेयरमूल्य आर्थिक वर्ष ०७९/८० सम्म भने प्रतिकित्ता ६५१ रूपैयाँ ५० पैसा कायम भएको हो । पछिल्लो कारोबार दिन भदौ २७ गते भने कम्पनीको अन्तिम शेयरमूल्य ५२३ रूपैयाँ ९० पैसा कायम भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन २ हजार ९७ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक पछिल्लो कारोबार दिन भने २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको छ । बजार घटेसँगै कम्पनीको शेयरमूल्यमा पनि कमि भएको हो । भदौ २७ गतेको कारोबारमा भने कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३ रूपैयाँ ९० पैसाले बढेको हो । उत्पादन तथा प्रशोधन समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयर खरीदप्रति लगानीकर्ताका आकर्षण बढीनै रहेको देखिन्छ । लाभांश वितरणमा नगद लाभांशमा मात्र जोड दिर्दै आएको कम्पनीको विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अधिकतम २९ प्रतिशतसम्म नगद लाभांश दिएको देखिन्छ । कम्पनीले २०७४/७५ सालदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । पहिलो वर्ष कर समेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको कम्पनीले दोस्रो बर्ष पनि १५ दशमलव ७८ प्रतिशतनै नगद लाभांश वितरण गरेको थियो । तेस्रो वर्ष कर समेत २४ दशमलव २१ प्रतिशत र चौथो वर्ष हालसम्मकै सर्वाधिक २९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । पाँचौ आर्थिक वर्षमा भने कम्पनीले हालसम्मकै कम १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो । यस वर्षको लाभांश कम्पनीले घोषणा गर्न बाँकी छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस कम्पनीले ३० करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रूपैयाँभन्दा बढी र अन्य जगेडा कोषमा ३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार

काठमाडौं । असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार असारमा शिवम् सिमेन्टको ४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।  असारमा ८० अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस आधारमा असारको कुल कारोबारमा शिवम् सिमेन्टको हिस्सा करीब ६ प्रतिशत छ । असारमा सर्वाधिक रकमको कारोबार हुने कम्पनीहरूमा शिवम् सिमेन्टसँगै दोस्रोमा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानीकोष, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स छन् ।  सोल्टी होटलको असारमा मात्र ३ अर्ब ६६ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी, हिमालयन डिष्टिलरीको २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी, नागरिक लगानीकोषको १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी, नेपाल दुरसञ्चार कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी र एशियन लाइफ इन्स्योरेन्सको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।  सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेन्टको शेयर मूल्य जेठ मसान्तसम्मको तुलनामा प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसाले बढेको छ । जेठ मसान्तसम्म ५३८ रुपैयाँ ६० पैसा रहेको शिवम् सिमेन्टको शेयर मूल्य असार मसान्तसम्म भने ६५१ रुपैयाँ ५० पैसा कायम भएको थियो । पछिल्लो कारोबार दिन भने शिवम् सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा कायम छ । कुन कम्पनीको कारोबार कति ?

३९ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

काठमाण्डाै – शेयर बजार आज बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६...

शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।  आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।   आज कालिका लघ...

शेयर बजारमा ४५ अंकको गिरावट, सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज सूचक ४५.४२ अंकले घटेर २०६०.७३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १५ करोड १० लाख, शिवम सिमेन्टको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, तथा नबिल बैंकको १० करोड ४२ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुगता सूचक घटेका छन् । जस मध्ये अन्य समुह ४.८४ प्रतिशत, फाइनान्स समुह ३.३७ प्रतिशत, विकास बैंक समुह ३.२८ प्रतिशत , ट्रेडिङ समुह ३.१८ प्रतिशत तथा हाइड्रो समुह ३.०६ प्रतिशतले घटेका छन् । आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य ६.३६ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.२७ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोको शेयर मूल्य ६.६८ प्रतिशत, पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ६.४९ प्रतिशत, न्यादी हाइड्रोको शेयर मूल्य ६.४० प्रतिशत, तथा मध्य भोटेकोशीको शेयर मूल्य ६.३१ प्रतिशतले घटेको छ ।

लगातार सातौँ दिन आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ ।  आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो ...

शिवम् सिमेन्टको सर्वाधिक रू. ४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

चैत ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ धितोपत्रमध्ये शिवम् सिमेन्टको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९८९ दशमलव ५० मा कारोबार भइरहेको छ ।यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ०६ अंक बढेर २ हजार ३९४ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू.७४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको  छ।

शिवम् सिमेन्टको  सर्वाधिक रू. ४ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री

फागुन  २३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा शिवम् सिमेन्टको  सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिमा कम्पनीको रू. ४ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११० मा कारोबार भइरहेको छ ।  यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू.२५ ले वृद्धि भएको हो ।  कम्पनीको आइतवारदेखि लकिङ पिरियड सकिएको छ । लकिङ पिरियड सकिएसँगै ठूलो मात्रामा शेयर दोस्रो बजारमा थपिएको छ । सोही कारण कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यसैगरी यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ४३ अंक बढेर २ हजार ५५२ दशमलव ८२ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू. ५३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री

फागुन  २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको रू. ६ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १४४ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११ दशलमव ६४ अंक बढेर २ हजार ५५८ दशलमव ६९ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब २८ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीले  स्थानीयका लागि जारी गरेको शेयरको आइतवारदेखि लकिङ पिरियड सकिएको छ। लकिङ पिरियड सकिएसँगै सबै शेयर सर्वसाधारणमा परिणत भएको छ। जसका कारण पनि यो दिन कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।