फागुन २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा शिवम् सिमेन्टको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको रू. ६ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १४४ मा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११ दशलमव ६४ अंक बढेर २ हजार ५५८ दशलमव ६९ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब २८ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कम्पनीले स्थानीयका लागि जारी गरेको शेयरको आइतवारदेखि लकिङ पिरियड सकिएको छ। लकिङ पिरियड सकिएसँगै सबै शेयर सर्वसाधारणमा परिणत भएको छ। जसका कारण पनि यो दिन कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।