प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् । प्राइम टाइम्स टेलिभिजनलाई बिहीबार अन्तर्वार्ता दिँदै जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको उल्लेख गरेका छन् ।