चालु आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशका ४ वटा स्थानीय तह बजेट विहिन बन्न पुगेका छन् । आर्थिक वर्ष सकिनै लाग्दा समेत मधेश प्रदेशका एक उप–महानगरपालिकासहित ३ वटा नगरपालिकाहरुले स्थानीय बजेट ल्याउन नसकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म पनि जनकपुर उप–महानगरपालिका, गरुडा नगरपालिका, बौधीमाई नगरपालिका र पोखरिया नगरपालिकाले चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेका हुन् । यी स्थानीय तहहरु मधेश प्रदेशका तीन वटा जिल्ला धनुष