गण्डकी प्रदेशका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने मधेश प्रदेश भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरmे १८ सदस्यीय प्रतिनिधिसहित  जनकपुरधाम आएका हुन् । मुख्यमन्त्री पोखरेलले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए । मुख्यमन्त्री पोखरेलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक

सम्बन्धित सामग्री

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समानुपातिक चुनाव लड्न

वनलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले समानुपातिक सदस्यमा इच्छा देखाउनुभएको छ । पूर्वी नवलपरासी (नवलपुर)को क्षेत्र नं. १ बाट पोखरेलले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी गराउनुभयो । रानाभाट सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘क’ बाट निर्वाचन जितेका हुन् । त्यसैगरी प्रदेश सभा सदस्य […]

मनाङमै रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पोखरा फर्किए

पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्। गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासकाे मत लिने

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुने भएकाे छ । उहाँले विश्वासकाे मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । अल्पमतकाे सरकार भएकाले मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट विश्वासको मत लिनु भन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जना...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा

विजय नेपाली, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । ओली पक्षधर मुख्यमन्त्री गुरुङले अविश्वासको पक्षमा मत जाँदा पद गुम्ने भएपछि आइतबार साँझ राजीनामा दिनुभएको हो ।उहाँले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । राजीनामापश्चात् वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले विकास विरोधी अराजनैतिक चलखेलका कारण आफूले काम गर्न नसकेको बताउनुभयो […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिनुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

न्युज अफ नेपाल, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएसँगै सभाको चालु अधिवेशन अन्त्य गरेपनि गुरूङले प्रस्तावको सामना गर्नुपर्ने भएको छ । गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले […]