नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् ।
'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...