मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका