कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ की एक महिलालाई लगातार रुघाखोकी लागेपछि परीक्षणका लागि मंगलबार महाकाली अस्पताल पुगिन् । पहिलो दिन उनले स्वाब संकलनका लागि बिल नै पाइनन् । त्यतिकै घर फर्किइन् । दोस्रो दिन बिहानै आएर बिल काटेर लाइनमा लागिन् । जेनतेन स्वाब त संकलन भयो । तर तीन दिनसम्म पनि उनको स्वाब परीक्षण हुन सकेन ।