अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेपालमा झण्डै १२७ प्रतिशतले कोरोना संक्रमित वृद्धि भएका छन् । काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा अर्चना श्रेष्ठले अरु देशको तुलनामा अझै पनि नेपालमा संक्रमण फैलिरहेको पाइएको बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बताइन् । अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या बढेको तथ्यांक प्रस्तुत गरेकी उनले लुम्बिनीमा सर्वाधिक ३८४ प्रतिशत संक्रमित बढेको बताइन् । यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा