नुवाकोट।एकै दिन करिब दुई सय संक्रमित थपिएका छन्। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालका अनुसार मंगलबार करिब नौ सय संक्रमित रहेको नुवाकोटमा बुधबार संक्रमितको संख्या बढेर एक हजार ९५ पुगेको दुलालले जानकारी गराए। सहरी क्षेत्रमा संक्रमण नियन्त्रण हुँदै गएको तर ग्रामीण क्षेत्रमा संक्रमण दर बढेको उनले बताए।