एजेन्सी। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण सर्वाधिक मानिसले ज्यान गुमाएका छन्। ब्राजिललाई पछि पारेको भारतमा २४ घन्टामा तीन हजार २८५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ३ हजार १२० जनाको मृत्यु भएको छ। करिब एक महिनादेखि ब्राजिलमा दैनिक सर्वाधिक मृत्युदर रहँदै आएको थियो। सो अवधिमा ३ लाख ६२ हजार ९सय संक्रमित थपिएका छन्।