गुल्मी : जिल्लामा डेंगुका बिरामी बढ्ने क्रममा छन्।जिल्लामा अहिले १२३ संक्रमित पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।पछिल्लो समयमा गुल्मीमा पनि डेंगु गाउँगाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरिएको उनले बताए।रोग परीक्षणका लागि आवश्यक पर्ने कीट पालिकाका स्वास्थ्य शाखामा पठाएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिए।जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरुसँग पर्याप्त