मुस्ताङमा लक्षण सहितका संक्रमित बढे, भेन्टिलेटर र सघन उपचारकक्ष अभाव

म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङमा लक्षण सहितका कोरोना संक्रमित संख्या बढेपछि स्थानीय त्रसित भएका छन्।नयाँ भेरियन्टको कोरोनाबाट अहिलेसम्म मुस्ताङमा ८९ जना संक्रमित भएका स्वास्थ्य कार्यालय  मुस्ताङले जनाएको छ।चारवटा गाउँपालिका रहेको मुस्ताङका सबै गाउँपालिकामा संक्रमित देखिएका स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए।उनका अनुसार सङ्क्रमितलाई होम आइसोलेसन र अस्पतालमा राखिएको छ। उनीहरू उच्च निगरानीमा रहेका जनाइएको छ।लक्षण सहितका धेरै संक्रमितलाई  अक्सिजन

सम्बन्धित सामग्री

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालनमा ल्याउन नसकिएको हो । कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झन्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डँडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । रासस

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो । अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड […]

दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जेठ ४, सिरहा । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जानकारी दिएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारओटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।  यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गरेका छन् ।  अक्सिजन सिलिण्डर संकलन  सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।  कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर संकलन गरेको हो ।  संकलित सिलिण्डर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति (डिसिसिएमसी) सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

भेन्टिलेटर, एचडियु र  आइसियुका शय्या अभाव छैन : बिएण्डसी हस्पिटल

काठमाडौं : कोरोनालाई जितेर हस्पिटलबाट घर फर्किनेको दर झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उच्च छ। दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र  अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा हस्पिटलमा रहेकाले जटिल संक्रमितका मृत्युदर अत्यन्त न्यून  रहेको  दाबी हस्पिटलको छ। अहिले हस्पिटलमा  प्रदेश १ र प्रदेश २ सहित ‘हवाई बेड लिफ्ट’ गरी ल्याइएका काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन, कास्की, बाँके, मुगु, डोटी र  कैलाली लगायतका जिल्लाका  संक्रम

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

सरकारी तथ्यांकमा पर्याप्त आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?

काठमाडौं । दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो ।  अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आईसीयू भेन्टिलेटर तथा...

संक्रमण फैलिने दर डरलाग्दो

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ । अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् । केही कोभिड अस्पतालल...

प्रदेश २ : कोरोना संक्रमण दर बढ्दो, सीमित भेन्टिलेटर चलाउनसमेत जनशक्तिको अभाव

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएक

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०