रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।
दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...