युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ ।
सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मि...