खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन्। युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन्। यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन्। युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्र