काठमाण्डाै – पूर्वअरनिको यातायात प्रालीले काठमाण्डाैकाे जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ ।पूर्वअरनिको यातायात प्रालीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाण्डाै महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजदेखि सञ्चालनमा आएको हो ।जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्राली दर्ता गरेर पूर्वअरनिको यातयात प्रालीले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो ।