दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्नुहुन्छ । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो । […]