खोटाङका बसपार्क प्रयोगहीन

खोटाङको दिक्तेलमा निर्माण गरिएका दुईवटा बसपार्क उपयोगविहीन बनेका छन् । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोगविहीन बनेका हुन् ।आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनी जग्गा दिएका थिए । बनेको वर्ष दिनपछि १२ पुस २०७३ देखि आचार्य गाउँको बसपार्क सञ्चालनमा ल्याइएको थियोबसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस यतिबेला […]