तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिर सडक छेउबाट सञ्चालनमा आएका छन् ।विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमज