बसपार्क नहुँदा पार्किङको समस्या

भजनी, १२ भदौ । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन् । बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरी बताउछन् […]

सम्बन्धित सामग्री

पर्यटक बसपार्क नहुँदा समस्या

काठमाडौँ, ११ वैशाख । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ आइपुग्छन् । र काठमाडौँबाट हवाई तथा सडकमार्ग […]

स्याङ्जाको वालिङमा आधुनिक बसपार्क बनाइँदै

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकामा आधुनिक बसपार्क निर्माण गरिने भएको छ । आधुनिक बसपार्कको निर्माणसँगै गाडी पार्किङको समस्या समाधान हुने विश्वास लिइएकाे हो । 'स्मार्ट सिटी' को अवधारणसहित अगाडि बढिरहेको वालिङमा गाडी व्यवस्थितरूपमा पार्किङ गर्ने ठाउँ नहुँदा बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो । गाडी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । आधुनिक बसपार्कलाई नमुना बसपार्कको रूपमा तयार गरिने वालिङका मेयर कृष्ण खाणले बताउनुभयो । बसपार्क ...

सदरमुकाममै छैन बसपार्क

चरीकोट । दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । चरीकोट बजारमा सडक छेउमै बसका टिकट काउन्टर राखिएका छन् । साँघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप, जिल्ला भित्रिने र बाहिर आवतजावत गर्ने द्वार रहेको […]

कैलालीको भजनीमा बसपार्क नहुँदा पार्किङको समस्या

कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क। जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन। कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन। बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालकहरू...

दुई दशकमा पनि बनेन दिपायलमा बसपार्क

दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो । यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातायत सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थ

२७ वर्षसम्म बनेन दिपायल बसपार्क, गाडी पार्किङमा समस्या

डोटी - डोटीको दिपायलमा दुई दशकभन्दा अगाडिदेखि निर्माण गरिने भनिएकाे दिपायल बसपार्क अझैसम्म बन्न सकेकाे छैन ।  दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माणका लागि २७ वर्ष अगाडि पाँच राेपनी जग्गा किनेकाे थियाे । तर बसपार्क निर्माण नभएपछि गाडी पार्किङमा समस्या हुँदै आएकाे छ ।  दिपायलमा गतिलो बसपार्क नहुँदा यातायात व्यवसायीले वर्षौँदेखि मूल सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । जसका कारण याे सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसहरुलाई समस्या पर्ने गरेकाे छ ।  दिपा...

अलपत्र पर्यो बसपार्क निर्माण, अस्तव्यस्त पार्किङ

बैतडी : पाटन नयाँ शहरअन्तर्गत बैतडीको पाटनमा  बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१-७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिलेसम्म पूरा हुन नसकेको हो।पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भए पनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयवासीसमेत निराश बनेका छन्।८ ओटा बस र ४ ओटा जिप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। बसपार्क निर्माणको कामा ढिलाइ हुँदा स

व्यवस्थित बसपार्क नहुँदा समस्या

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए । ‘बसपार्क सानो छ, चार/पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ,’ उनले भने । अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताए । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारीसाधन मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता रहेको सवारी चालक बताउँछन् ।       उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले बताएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहुँ बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताए । ‘जिल्लामा सवारीको संख्या वर्षेनि थपिँदै गएको छ, बसपार्क व्यवस्थित र ठूलो बनाउन जग्गा खरिद प्रक्रिया अगाडि बढाएका छौं, जग्गा पाए बसपार्क व्यवस्थित गर्नेछौं ।’ यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिए । सडकको दायाँ र बायाँ फुटपाथसमेत नभएकाले सवारीको चापका कारण नागरिकलाई बजारमा हिँडडुल गर्नै समस्या भएको स्थानीयवासी बताउँछन् । यतिमात्र नभई कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारीसाधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए । यहाँका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले बताएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयवासीले मुद्दा दायर गरेपछि सर्वाेच्चसम्म मुद्दा लड्नुपरेको र हाल सर्वाेच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको कार्यालयको दाबी छ । रासस

सदरमुकाममै बसपार्क नहुँदा समस्या

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।सवारीसाधन व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ […]

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या

काठमाडौँ । दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ । निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको […]