दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो । यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातायत सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थ