काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले राँगा शब्दलाई रेकर्डबाट हटाउन दिएको निर्देशनप्रति व्यंग्य गरेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सांसद शिशिर खनालले प्रयोग गरेको ‘राँगा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुख घिमिरेको उक्त निर्देशनप्रति व्यंग्य गरेका हुन्। ‘फेरि यहाँ राँगा चढे