हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका छन्। उनले प्रतिष्ठानलाई हेटौंडाबाट सार्न नखोजिएको जानकारी दिएका छन्।मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाइएको हल्ला गलत भएको बताएका हुन्। उनले प्रतिष्ठानलाई सार्न खोजेको भन्ने कुरा भ्रममात्र भएको बताउँदै हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्