हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ। अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको