रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

७ साउन, चितवन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालबीचमा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा. सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गरेका छन् […]