सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १४ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने छ ।