अर्थमन्त्री प्रकरण : मन्त्रालयबाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ । जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो । ‘जेठ महिनाको सीसीटीभी […]

सम्बन्धित सामग्री

सिसिटिभी फुटेज र बयानमै किन केन्द्रित छ अर्थमन्त्री प्रकरण?

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको अनुसन्धान लगभग टुंगिएको छ। सिसिटिभी डिलेट भयो भन्दै अर्थले विज्ञप्ति जारी गरेपछि झनै चर्किएको यो प्रकरणकै कारण शर्माले पदबाटै राजीनामा दिएर अनुसन्धानको लागि बाटो खोलिदिए। सिसिटिभी फुटेज रिकभर गरेर अनुसन्धान लगभग सकिँदा…

अर्थमन्त्री प्रकरण : संसदीय समितिले बिहीबार प्रतिवेदन बुझाउने

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अर्थमन्त्री प्रकरण: आजदेखि प्रतिवेदन लेख्न सुरु गरिने

काठमाडाैँ- आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा गठित संसदीय विशेष समितिको बैठक बस्दै छ। बैठक आज (बुधबार) बिहान ११ बजे बस्नेछ। समितिले आजबाट प्रतिवेदन लेख्न तयारी थाल्ने जनाएकाे छ। आजकाे बैठकमा कस्तो प्रतिवेदन दिने भन्नेबारे छलफल हुने समितिका एक […]

अर्थमन्त्री प्रकरण : खोलियो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा सुरु भएको छ । भर्खरै सुरु भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ । समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिर्पोट खोलेर अध्ययन थालिएको छ । भर्खरै हेरेर छलफल भइरहेको […]

अर्थमन्त्री प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।  छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्माणार्थ पेस गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ। विशेष […]

अर्थमन्त्री प्रकरण : छानबिन संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ।  बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ। यसैबीच समितिले हिजोबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष […]

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समिति बैठक बस्दै

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद्को अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । आजको बैठकको कार्यसूची समितिको सभापति चयन गर्ने रहेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति […]

अर्थमन्त्री प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए ।

अर्थमन्त्री प्रकरण: प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् । आज (मंगलबार) बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रीय कार्यालयका एक नेताले जानकारी दिए । ‘प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ […]