अर्थमन्त्री प्रकरण: आजदेखि प्रतिवेदन लेख्न सुरु गरिने

काठमाडाैँ- आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा गठित संसदीय विशेष समितिको बैठक बस्दै छ। बैठक आज (बुधबार) बिहान ११ बजे बस्नेछ। समितिले आजबाट प्रतिवेदन लेख्न तयारी थाल्ने जनाएकाे छ। आजकाे बैठकमा कस्तो प्रतिवेदन दिने भन्नेबारे छलफल हुने समितिका एक […]

सम्बन्धित सामग्री

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिले शुक्रबार प्रतिवेदन बुझाउने

चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ । विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ ।

अर्थमन्त्री प्रकरण : संसदीय समितिले बिहीबार प्रतिवेदन बुझाउने

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अर्थमन्त्री प्रकरण : एमाले ‘लोयल’ भएपछि प्रतिवेदन लेख्दै संसदीय समिति

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि छानबिन गर्न गठित संसदीय विशेष समिति प्रतिवेदन लेख्न सिंहदरबारमा बैठक बसिरहेको छ ।

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने

काठमाडौँ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुटेजबारे जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो । सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव […]

अर्थमन्त्री प्रकरण: एमालेतर्फका समिति सदस्यले भने- 'सत्तापक्षले प्रमाण लुकायो'

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार बसेको विशेष समिति बैठकपछि ती सदस्यले सत्तापक्ष कांग्रेस, माओवादी केन्द्रका समिति सदस्यहरुले प्रमाण लुकाएको आरोप लगाएका हुन् । ती सदस्यले भने, 'सत्तापक्षले प्रमाण लुकायो, समितिले तथ्य पत्ता नलगाई प्रतिवेदन दिने भएको छ ।'

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिको बैठक स्थगित, अपराह्न चार बजे बस्ने

काठमाडाैँ- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक अपराह्न चार बजे बस्ने भएकाे छ। समितिका सचिव सुरेन्द्र अर्यालले अपरान्ह चार बजे बैठक बस्ने जानकारी दिए। उनले भने, ‘फरेन्सिक ल्याबबाट डिभाइससहित प्रतिवेदन फिर्ता भएकाे छ। हामीले खाेलेर हेरेका छाैँ। त्यसमा भएका विवरणहरू प्राविधिक विषय भएकाेले […]

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन विशेष समितिले म्याद थपको माग गर्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए ।