अर्थमन्त्री प्रकरण : छानबिन संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ।  बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग छलफल गर्नेछ। यसैबीच समितिले हिजोबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष […]