अर्थमन्त्री प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए ।