अर्थमन्त्री प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग

सम्बन्धित सामग्री

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।  छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्माणार्थ पेस गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ। विशेष […]

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन विशेष समितिले म्याद थपको माग गर्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए ।