पर्यटन उत्थान तथा मजदुरहरुको जीवन रक्षाका लागि तत्काल पर्यटन नीति सुधार गर्न पर्यटन मजदुरहरूले सरकारसँग माग गरेका छन् । पर्यटन श्रमिक सम्बद्ध चार संगठन अखिल नेपाल पर्यटन मजदूर संघ, क्रान्तिकारी पर्यटन मजदूर, नेपाल समाजवादी पर्यटन मजदूर संघ र पर्यटन हातेमालो समाज नेपालले आइतबार संयुक्त रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । कोभिड–१९ का कारण लामो समयसम्म देशमा पर्यटन गतिविधि नहुँदा समग