न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध राजधानी विलिङ्टनको संसद् भवनबाहिर तीन हप्तादेखि टेन्ट टाँगेर बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा झडप भएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शनकारीलाई हटाउने क्रममा उनीहरू आफैँले टेन्टहरूमा आगजनी गरेका छन् । प्रदर्शनकारीले प्रहरीलाई इँटा, पानीका बोत्तल लगायतका वस्तुले प्रहार गरेका थिए, यस्तै प्रहरीले पानीको फोहरा, अश्रु ग्यास र लाठीकाे प्रयाेग गरेर उनीहरूलाई हटाएको खबरमा उल्लेख छ । ...