प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित)

काठमाडौँ- एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ। आक्रोशमा […]

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ।

बानेश्वर क्षेत्र तनावग्रस्त (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर)

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ । तस्बिरहरुः […] The post नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा (फोटो फिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

एमसिसीले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै झनै खरोविरोध गरिरहेका छन्। प्रहरीले प्रदर्शन रोक्न पानीको फोहोर प्रयोग गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानानाहान गरेका छन्।एससीसी विरुद्ध गत बुधबारबाटै बारम्बार विरोध भइरहेको छ।

सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ।

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।