त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

काठमाडौं : घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो। नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल,…

सम्बन्धित सामग्री

नागढुंगामा स्थानीय र प्रहरीबीच झडप, वडाध्यक्षसहित ८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ। नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए। अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्। प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष […]

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...

इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते

६ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् […]

झडपमा १५ प्रहरी दुई प्रदर्शनकारी घाइते, १४८ पक्राउ

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसकाे बिराेधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये चार जनाको बीर अस्पतालमा उपचार भइरहेको छ ।

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

नेकपा धनुषाको विज्ञप्तिः नेताको ज्यान मार्ने उदेश्यले नियोजित आक्रमण भयो

जनकपुर– नेकपा (प्रचण्ड–माधव पक्ष) ले आह्वान गरेको आम हड्डालका क्रममा विहिवार जनकपुरमा प्रहरी र प्रदर्शनकारी विच झडप भयो । दुई जना नेता तथा प्रहरीतर्फ पनि घाईते भए । तर, यो विषयमा ...