चीनले इन्फ्रारेड होमिङ प्रविधि भएको हाइपरसोनिक हतियार बनाएको दाबी गरेको छ ।
यस्तो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो कुनै क्षेप्यास्त्र वा लडाकू विमानबाट निस्कने तातोलाई पछ्याउन सक्छ । विशेषज्ञहरूका अनुसार, अमेरिकाले सन् २०२५ सम्म पनि यस्तो हतियार बनाउन गाह्रो छ ।
केही महिनाअघि चीनले अन्तरिक्षबाट आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसका विषयमा अमेरिकी सेनाका शीर्ष अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।
चीनको रिभ्यु जर्नल एयर यान्ड स्पेसमा शीर्ष वैज्ञानिक प्राध्यापक यी ...