काठमाण्डाै – चीनले ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नगरेको दाबी गरेको छ । केही महिनाअगाडि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गर्दै चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
अमेरिकाको फाइनान्सीयल टाइम्समा चीनको क्षेप्यास्त्र परीक्षणका खबर छापिएका थिए । हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ । चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशमा ...