नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाण्डौ – उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।  नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक हो । हिजो परीक्षण गरेको क्षेप्यास्त्रबारे यसअघि विस्तृत विवरण आएको थिएन । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको खबरमा उल्लेख छ ।  नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षा...

सम्बन्धित सामग्री

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो सम