न्युयोर्कमा गाँजाको खुद्रा व्यापारका लागि नियम पारित गरिएको छ भने खुद्रा व्यापारीहरुका लागि लाइसेन्सको आवेदन अर्को महिना खुल्नसक्ने जनाइएको छ । राज्यका नियामक अधिकारीहरुले मनोरञ्जनको उद्देश्यका लागि गाँजाको खुद्रा ब्यापारका लागि पहिलो चरणको लाइसेन्स आवेदन खोल्नेगरी नियम स्वीकृत गरेका हुन् । यसबारे आएका ६ सय प्रतिकृयाहरुको अवलोकन गरेपछि नियामक निकाय अगाडि बढ्ने निर्णयमा पुगेको हो […]