निजीक्षेत्रले विद्युत् व्यापारको लाइसेन्स पाए बजार थप सुनिश्चित हुन्छ - कुमार पाण्डेको अन्तरवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणपछि जलविद्युत् क्षेत्रमा आबद्ध संघसंस्था एवं व्यक्तिहरू उत्साहित देखिन्छन् । प्रधानमन्त्री दाहालको भ्रमणमा ऊर्जा क्षेत्रका विभिन्न विषयमा सहमति तथा सम्झौता भएका छन्, जसमा भारतीय प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौताका लागि सहमति, नेपालले भारत हुँदै बंगलादेशमा ५० मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने सहमति, पञ्चेश्वर जलविद्युत् आयोजनाको डीपीआर ३ महीनाभित्र टुंगो लगाउने, तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी एसजेभीएन र फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय अर्को कम्पनी एनएचपीसीले बनाउने लगायत छन् । यसले निजीक्षेत्रमा आशा र उत्साह बढाएको छ । प्रस्तुत छ, जलविद्युत् क्षेत्रमा अबको सम्भावना, अवसर र चुनौतीको विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पूर्वउपाध्यक्ष एवं नेशनल हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेसँग गरेको कुराकानीको सार : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको बेला ऊर्जा क्षेत्रमा भएका विभिन्न सम्झौता र सहमतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? यसलाई सकारात्मक रूपमा हेर्नुपर्दछ । भारतले प्रधानमन्त्रीको तहमा नेपालको विद्युत्लाई बजार उपलब्ध गराउँछौं भनिसकेकाले हाम्रो विद्युत् व्यापारमा थप सम्भावना बढेको छ । १० वर्षमा १० हजार मेगावाट जलविद्युत् लैजाने प्रतिबद्धता भारतको तर्फबाट आएकाले हामीले पनि आफ्नो तयारी गर्नुपर्दछ । पहिलो कुरा त १० वर्षमा १० हजार मेगावाट निर्यातयोग्य विद्युत् उत्पादन गर्नुपर्दछ । उक्त जलविद्युत् पठाउने प्रसारण लाइनको निर्माण पनि आवश्यक छ । साथै यी प्रसारण लाइन भारतसँग कुन कुन ठाउँमा जोडिने हो, जोड्दा प्रसारण लाइनको स्वामित्व, सञ्चालन प्रक्रिया लगायत सबै आधार तय हुनुपर्दछ । १० हजार मेगावाटका आयोजना जलाशययुक्त हुन् कि अर्ध जलाशययुक्त हुन् वा नदी प्रवाहमा आधारित हुन् भन्ने विस्तृत विवरण आउन बाँकी छ । त्यो आइसकेपछि थप कार्य अघि बढाउन सजिलो हुन्छ । बुभ्mनुपर्ने अर्को कुरा, १० वर्ष धेरै लामो समय होइन । यो अवधिमा बिजुली उत्पादनका लागि स्वदेशी लगानीकर्ताको लगानीका अतिरिक्त विदेशी पूँजी पनि भित्त्याउनुपर्दछ ।  १० हजार मेगावाट बिजुली भारतले आफै बनाएर लैजान्छु भनेको हो भन्ने कोणबाट पनि कुरा चलिरहेको छ नि ? केही हदसम्म त्यो पनि हो । आजको मितिमा भारतको पोल्टामा धेरै जलविद्युत् आयोजनाको लाइसेन्स गइसकेको छ । कोशी कोरिडोर र कर्णाली कोरिडोरका थुपै्र जलविद्युत् आयोजनाको लाइसेन्स भारतीय कम्पनीसँग छन् । कर्णाली चिसापानी र पञ्चेश्वर जलविद्युत् आयोजनामा पनि भारतले चासो देखाइरहेको छ । भारतीय लगानीमा बनेका आयोजनाले भारतको बजार पाइनैहाल्छन् । तर मलाई लागेको अर्को कुरा– यो १० हजार मेगावाट जलविद्युत् आयात गर्ने वक्तव्यमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईओटा सन्देश दिन खोजेका छन् । एउटा सन्देश, भारतीय लगानीकर्तालाई नेपालको बिजुली हामीलाई चाहिन्छ, तिमीहरू नेपालमा लगानी गर्न जाऊ भनेको हो । अर्को सन्देश, भारतबाहेक अरू देशका लगानीकर्तालाई, नेपालको बिजुली भारतले नै किन्ने हो । भारतले बिजुली किन्न के के गर्नुपर्दछ, त्यो बुझेर मात्र लगानी गर भनेको पनि हो । दोस्रो सन्देश नेपालबाहेकका देशका लगानीकर्ताको हकमा हो । नेपाली लगानीकर्ताको बिजुली लिन भारतलाई समस्या छ जस्तो मलाई लाग्दैन । भारतलाई नेपालको पानी मात्रै चाहिएको हो । उसले जलविद्युत्को लाइसेन्स मात्र ओगट्छ भन्ने भाष्य पनि छ । ऊर्जाका लागि भारतसँग थुप्रै माध्यम छन् भनिन्छ । यस्तो स्थितिमा के कारणले भारतलाई नेपालको बिजुली चाहिन्छ र जलविद्युत् आयोजनाको निर्माणमा ऊ गम्भीर बन्न सक्छ ? पानी भारतका लागि महत्त्वपूर्ण छ भन्ने कुरामा विवाद नै छैन । जलविद्युत्सँगै सिँचाइ र खानेपानीका लागि पनि आवश्यक छ । अहिलेको अवस्थामा उसले विशेष ठाउँमा बाढी नियन्त्रणका लागि जलविद्युत् आयोजनाको लाइसेन्स लिएको देखिन्छ । तर उसले जलविद्युत्बाहेक अन्य फाइदा नमिल्ने आयोजनाको लाइसेन्स पनि लिएको छ । अरुण कोरिडोरका आयोजनामा उसले विशुद्ध विद्युत्का लागि मात्र काम गरिरहेको छ । भारत सरकार मातहतका एसजेभीएन लगायत संस्थाको विद्युत् विकासमा प्रतिबद्धता देखिन्छ । जलविद्युत् आयोजना निर्माणका काम भारतीय कम्पनीहरूले गरिरहेकै छन् । भारतले लाखौं मेगावाट बिजुली सौर्य प्रणाली लगायतबाट निकाल्ने भनेको छ । तर त्यसको ब्याकअप चाहिन्छ । घाम अस्ताउनेबित्तिकै सबै उद्योग बन्द हुने भन्ने हुँदैन । त्यसपछि चाहिने ऊर्जाका लागि जलविद्युत् नै उपयुक्त विकल्प हो । नेपालको जलविद्युत्मा भारत सरकारको लगानी आए पनि, त्यहाँको निजीक्षेत्र अहिलेसम्म आएको छैन । निजीक्षेत्र नआउनुको कारण के हो ? निजीक्षेत्र आउँदै नआउने भन्ने होइन, निजीक्षेत्र आउन सक्छ । तर निजीक्षेत्रले नेपालमा बढी जोखिम देखेको छ । नेपालमा निर्माण खर्च महँगो हुने, प्रशासनिक ढिलासुस्ती, जग्गा अधिग्रहणमा अप्ठ्यारो, वनको अप्ठ्यारो, प्रसारण लाइनका समस्या लगायतका असहजता छन् । यस्ता जोखिम महसूस गरेर भारतको निजीक्षेत्र लगानीका लागि तयार नभएको हुन सक्छ । नेपालको निजीक्षेत्रले विद्युत् व्यापारमा सहभागिता खोजिरहेको देखिन्छ । यसका लागि केही ऊर्जा उद्यमीहरूले भारतको निजीक्षेत्रसँग छलफल गरिरहेका पनि छन् । विद्युत् व्यापारमा निजीक्षेत्रको सहभागिताबारे तपाईंको धारणा के छ ? नेपालको विद्युत्को सबैभन्दा ठूलो बजार भारत हो । भारतमा त्यहाँको निजीक्षेलाई व्यापारको लाइसेन्स दिइएको छ । २०–२२ ओटा कम्पनीले भारतमा टे«डिङ लाइसेन्स पाएका छन् । जलविद्युत् व्यापारका लागि भारतले जुन मार्ग अवलम्बन गरिरहेको छ, हामीले पनि त्यही मार्गमा हिँड्न आवश्यक छ । नेपालमा पनि नीतिनियमहरू भारतसँग मिल्दोजुल्दो बनाउनुपर्ने हो । तर नेपालको निजीक्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स मिलिरहेको छैन । नेपालको निजीक्षेत्रले भारतमा विद्युत् बेच्न भारतीय ट्रेडिङ कम्पनीसँग आबद्ध हुनुपर्दछ भन्ने कानून छ । त्यसैका लागि नेपालका ऊर्जा उद्यमीहरूले भारतको निजीक्षेत्रसँग छलफल गरिरहेका हुन् । अर्को कुरा, नेपालको निजीक्षेत्रले लाइसेन्स पाइसकेपछि भारतमा बिजुली बेच्न आफैले बजार खोज्नुपर्छ भन्ने छैन । भारतीय बजार त नेपाली कम्पनीसँग आबद्ध रहेका भारतीय कम्पनीले नै खोज्ने हो । यसरी निजीक्षेत्रले विद्युत् व्यापारको लाइसेन्स पाए विद्युत् बजार थप सुनिश्चित हुन्छ ।  नेपालका बैंकहरू अहिलेको स्थितिमा जलविद्युत् क्षेत्रमा लगानीका लागि कत्तिको तयार छन् ? जलविद्युत् क्षेत्रमा बैंक र निजी लगानीकर्ताको गरेर १० खर्ब रुपैयाँ बराबरको लगानी आइसकेको छ । बैंकहरूमा अहिले केही समस्या देखिएको छ । उनीहरूले लगानीयोग्य तरलताको अभाव र विभिन्नखाले जोखिम झेलिरहेका छन् । सोही कारण पनि अहिले बैंकहरू लगानीका लागि तयार नहुन सक्छन् । तर प्रसारण लाइन निर्माण भएर भारतसँग विद्युत् व्यापारको सुनिश्चितता भएमा र बैंकमा पनि तरलता अभाव नरहेमा जलविद्युत् क्षेत्रमा लगानी आइहाल्छ । जलविद्युत् कम्पनीहरूको शेयरमूल्य धेरै हुँदा शुरुआती लगानी गर्नेहरूले कमाए, पछि आएका साना लगानीकर्ताको लगानी डुब्यो भनिन्छ नि ! डुबेका कोही पनि छैनन् । जसले किने वा बेचे पनि मूल्य त एउटै हो । अहिले पनि शेयर त छँदै छ । तर मैले देखेको समस्या के हो भने लगानीकर्ताले यथार्थ अवस्था थाहा नपाई यस्ता कम्पनीमा लगानी गरे । अहिले पनि जलविद्युत् कम्पनीको अवस्था र धितोपत्र बजारमा शेयरमूल्यबीच तालमेल देखिँदैन । शेयर बजार जुन तरीकाले चलिरहेको छ, त्यसले पनि धेरै बिगारेको छ । नेपालको शेयर बजारमा हल्लाको भरमा भाउ घट्ने र बढ्ने स्थिति देखिएको छ ।  नेपालको जलविद्युत् विकासका सकारात्मक संकेत के के हुन् ? हामीलाई बजारको समस्या थियो, त्यसमा सकारात्मक सन्देश आएको छ । तर त्यो बजारको प्राप्तिका लागि अझै धेरै गृहकार्य गर्न बाँकी छ । अहिले हामीसँग ६–७ हजार मेगावाटका जलविद्युत् आयोजनाको पीपीए भइसकेको छ । ती आयोजना बन्छन् । यस्तै पहिले प्रसारण लाइनको समस्या थियो । तर अहिले थुप्रै प्रसारण लाइन बनिरहेका छन् । प्राधिकरण र एमसीसीमार्फत बनिरहेका प्रसारण लाइन ३–४ वर्षमा पूरा भइसक्छन् । यी सबै कुराले म नेपालको जलविद्युत् क्षेत्रले थप फट्को मार्नेमा विश्वस्त छु । नेशनल हाइड्रोपावर कम्पनीको कार्यकारी अध्यक्ष हुनुहुन्छ । तपाईं नेतृत्वमा आइसकेपछि कम्पनीको अवस्थामा सुधार आएको देखिन्छ । कम्पनीमा कसरी सुधार ल्याउनु भयो ? म नेशनल हाइड्रोपावरमा आएको १० वर्ष भयो । १० वर्ष पहिले म आउँदा स्थिति खराब थियो । हामीले आएर तीन–चारओटा काम गर्‍यौं । पहिलोे त पारदर्शिता र आर्थिक सुशासन कायम गर्‍यौं ।  दोस्रो, आयोजनाहरूको पूर्ण क्षमतामा उत्पादन शुरू गरियो । तेस्रो, नयाँ आयोजनाहरूको निर्माण शुरू गर्‍यौं । यसरी हामीले बैंक, सरकार र बजारको विश्वास जित्यौं । अहिले कम्पनी सफलतापूर्वक अघि बढिरहेको छ । इप्पानमा नयाँ नेतृत्वको चयनको समय नजिकिँदै छ । अघिल्लो कार्यकालमा तपाईं उपाध्यक्ष हुनुहुन्थ्यो । अहिले नेतृत्वको दौडमा हुनुहुन्छ कि हुनुहुन्न ? म नेतृत्वको दौडमा छैन । हामीहरू इप्पानमा धेरै अघिका मान्छे हौं । शुरुआतदेखि नै थियौं । अहिले नयाँ साथीहरू इप्पानमा आउनुभएको छ । उहाँहरूको ठूलो लगानी र जोश/जाँगर छ । त्यो समूहले हामी नेतृत्व लिन्छौं भन्दा हामीले छोड्नु पनि पर्दछ । सहमतिमा नेतृत्व आए राम्रो हो । तर प्रतिस्पर्धा हुनुहुँदैन भन्ने छैन । निष्पक्ष चुनाव हुनुपर्दछ । सबल र सक्षम नेतृत्व आउनुपर्दछ ।

सम्बन्धित सामग्री

पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा

पाल्पा – पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् । विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै पालिका जेठ मसान्तभित्र पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा […]

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।

प्रचण्डको जित सुनिश्चित

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो ।  यहाँ...

गगन थापाको जीत सुनिश्चित

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ ।गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।पालिका, जिल्ला हुँंदै यस प्रदेशअन्तर्गतका सबै स्वास्थ्य निकायले आफ्नो क्षेत्रमा रहेका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप लगाएको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तय […]

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ,२३ भदौ । कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय […]

मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।

कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भैरहवा– रूपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र […]

रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषित

रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्णरूपमा लगाएको हुनु पर्दछ । तोकिएको मापदण्डअनुसार यस वर्ष रोल्पाका चार हजार ४९९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएकाले रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रम

स्याङ्जाको भीरकोट पूर्ण खोप सुनिश्चित

स्याङ्जा – गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल स्याङ्जाको भीरकोट पुर्ण खोप सुनिश्चित नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाका लक्षित समूहलाई पूर्ण खोप लगाएपछि भीरकोट (कोभिड–१९) विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका बन्न सफल भएको हो । पुतलीबजार (कोभिड–१९) खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो । भीरकोट नगरपालिकामा १२ वर्ष माथिका लक्षित १६ […]