काठमाडौं : राजनीतिक तथा प्रशासनिक पहुँचको आधारमा विद्यालयमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति बढेको छ। यो काममा विद्यालय, शिक्षक र स्थानीय तहको मिलेमतो हुने गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यो वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि यो प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ ।विद्यालयमा कार्यरत कतिपय अस्थायी शिक्षकले नै स्थायी शिक्षक आएपछि आफ्नो जागिर गुम्ने भयले पालिकाका पदाधिकारी, राजनीतिक दलका नेता, शि