शिक्षक दरबन्दी परिपूर्ति, शिक्षक संगठनहरूको असन्तुष्टि

शिक्षक सेवा आयोगले विद्यालय तहको शिक्षक दरबन्दी परिपूर्तिका लागि गरेको खुला प्रतिस्पर्धाप्रति विभिन्न शिक्षक संगठनहरूले असन्तुष्टि ब्यक्त गरेका छन् । विद्यालयमा हाल काम गरिरहेका अस्थायी तथा राहत कोटाका शिक्षकको स्थायी पदपूर्तिका लागि आन्तरिक प्रतिस्पर्धा गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा सेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद पार गरेका अस्थायी र करारमा कार्यरत शिक्षक समेटिन नसकेको बताए । राहत दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी उ